सिडिओले अर्काको मोवाइल मागेर फोनमा कुरा गर्दै


न्युज अफ नेपाल, हुम्ला । सिमकोटका सिडिओले अर्काको मोवाइल मागेर फोनमा कुरा गर्दै आईरहेका छन् ।

हुम्ला जिल्लामा नेपाल टेलिकमको सिडिएमए सेवा बाहेक सबै सेवाहरु अबरुद्ध भएपछि हुम्ला जिल्लाकी प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईसँग सिडिएमए फोन नभएकाले अर्काको मोबाईल मागेर अत्यावश्यक काम परेको बेला फोन गर्न थालेकी हुन्।

बाक्लो हिमपात भएसगैँ गत बिहीबारबाट कालिकोट जिल्लाको महाबुमा रहेको नेपाल टेलिकमको टावरमा खरावी आएपछि सञ्चार सेवा बन्द भएको समस्याका कारण हुम्लाका प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले तीन दिनदेखि अत्यावश्यक काम परेका बेला अर्काको मोवाईल मागेर फोन सम्पर्क गदैै आएकी हुन्।

सशस्त्र प्रहरी नायब उपरिक्षक र प्रहरी नाबउ उपरिक्षकहरुसंग भएको सिडिएमको नम्बर बोकेका माबाईल रहेका छन्।सिडिओले तिनै नम्बरबाट मन्त्रालय, बिभागमा काम परेका बेला गर्दै आएकी छन्। त्यसैले त उनी भन्छिन दुर्गमको समस्या बल्ल बुझियो।

यसो नगर्ने हो भने अन्य कुनै बिकल्प समेत छैन। धन्‍न डिएसपी साहेबहरुले व्यम्क्तिगत रुपमा सिडिएमएका नम्बर राख्नु भएकोले सम्पर्कमा बस्ने पाएको उनले बताइन्। यतिखेर हुम्ला जिल्लामा सिडिएमए मोवाईलको नयाँ नम्बर लिन सक्ने अवस्था पनि छैन्।