कार्यालय प्रमुखलाई सांसदद्वारा मार्ने धम्की !

0
Shares

सर्लाही, (नेस)।

सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ।

सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदैं आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाउनुभयो।

आफूले स्थानीय सरकार सञ्चालान ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेशसभा सदस्य यादवले धम्काउने गरेकाले आफू त्यस ठाउँमा बसेर काम गर्न नसकेको महतोको भनाइ छ।

नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएकाले सरुवाका लागि उहाँ अहिले संघीय राजधानी काठमाडौंमा हुनुहुन्छ। सरुवाको माग गर्दै महतो राजधानी पुगेपछि नगपालिकाका सम्पूर्ण कामकाज ठप्प हुनाको साथै विकासका योजना प्रभावित भएका छन्।

उता सदस्य यादवले उक्त नगरपालिकाका प्रमुख कौशल किशोर राय र प्रमुख प्रशासकीय अधिकृत महतो मिलेर व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो– ‘कविलासी नगरपालिकामा भ्रष्टाचार र अनियमितताका कारण कालो सूचीमा परेको छ, मैले हाकिम र नगर प्रमुखलाई पटकपटक हिसाब देखाउनु भने, उनीहरूले देखाएनन्, हाकिमले सरुवा मागेपछि मैले हिसाब नदेखाइ जहाँ गए पनि तपाइँलाई मुन्ट्यार ल्याउछु भनेको हो, अरू कुरा हाकिम आफैंले गलत प्रचार गरेका हुन्।