गणेशमान सिंह स्मृति किक बक्सिङ माघमा

0
Shares

काठमाडौं, (नेस)।

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, मुवाँथाई, किक बक्सिङ र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) को सहभागिता रहने छ।

पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन्।

उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ। टिममा शीर्ष स्थान हात पार्नेलाई १ लाख र दोश्रोलाई ५० हजार नगद पुरस्कार दिइने छ।