बक्सिङका स्वर्ण विजेता पुरस्कृत

0
Shares

काठमाडौं, (नेस)।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीलाई बिहीबार पुरस्कृत गरिएको छ।
युके बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता ३ खेलाडीलाई सम्मान गरिएको हो।

नेपाल बक्सिङ संघको सहयोगमा कार्यक्रमको संयोजन वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केले गरेका थिए। बस्नेतले मास्केमार्फत नै पुरस्कार रकम पाठाएका हुन्।

सागको बक्सिङ २ पुरुष र १ महिला खेलाडीले नेपाललाई स्वर्ण दिलाएका थिए। पुरुष ६० केजीमा सनिल शाही र ६४ केजीमा भुपेन्द्र थापाले स्वर्ण जितेका थिए।महिला ५४ केजीमा मिनु गुरुङले स्वर्ण जितेकी थिइन्।

खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरियो। सोही अवसरमा बक्सिङका रजत र कांस्य विजेतालाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।