राजस्व असुलीको लक्ष्यनजिक सुख्खा बन्दरगाह

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज।

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह राजस्व असुलीमा लक्ष्य नजिक पुगेको छ।चालू आर्थिक वर्षको पाँच महिनामा सुख्खा बन्दरगाह लक्ष्यको ९० प्रतिशतभन्दा बढी राजस्व असुली भएको छ।

चालू आवको साउनदेखि मंसिरसम्मको राजस्व असुलीको तथ्यांकले ९० प्रतिशत असुली भएको देखाउँछ। सो भन्सारले मंसिरमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो।

चालू आर्थिक वर्षमा साउनदेखि मंसिरसम्म पाँच महिनामा यो भन्सारले १६ अर्ब ३६ करोड २७ लाख ४३ हजार रुपियाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ९० प्रतिशत हो। यस अवधिमा १८ अर्ब ३८ करोड ७३ लाख ९८ हजार रुपियाँ राजस्व संकलनको लक्ष्य सो भन्सारले पाएको थियो।

मंसिरमा ३ अर्ब ३३ करोड ५५ लाख ३८ हजार राजस्व संकलनको लक्ष्य पाएकोमा ३ अर्ब ५१ करोड ८३ लाख ५० हजार राजस्व संकलन गरेको छ।नेपाल टेलिकमका उपकरणहरू यो नाका हुँदै आयात भएपछि त्यसको सकारात्मक असर राजस्व असुलीमा पर्न गएको भन्सार प्रमुख उमेश श्रेष्ठको भनाइ छ।

मंसिरमा नेपाल टेलिकमको सामानसहित फलाम, मदिरा, गेडागुडी नियमित आयात भएकाले पनि लक्ष्यभन्दा बढी राजस्व असुली भएको उहाँले बताउनुभयो। राजस्व संकलनको दृष्टिले यो भन्सार मुलुककै उत्कृष्ट पाँच भन्सार कार्यालयभित्र पर्छ।

चालू आर्थिक वर्षमा साउनदेखि मंसिरसम्म पाँच महिनामा यो भन्सारले १६ अर्ब ३६ करोड २७ लाख ४३ हजार रुपियाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ९० प्रतिशत हो।

यस अवधिमा १८ अर्ब ३८ करोड ७३ लाख ९८ हजार रुपियाँ राजस्व संकलनको लक्ष्य सो भन्सारले पाएको थियो।चालू आर्थिक वर्षमा साउनपछि मंसिरमा दोस्रोपटक मात्र यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाएको हो। साउनमा ३ अर्ब ३६ करोड १२ लाख रुपियाँ राजस्व संकलनको लक्ष्य पाएको यो भन्सारले ३ अर्ब ३७ करोड ३२ लाख २८ हजार रुपियाँ राजस्व संकलन गरेको थियो।

जुन लक्ष्यको एक सय दशमलव ३६ प्रतिशत थियो। त्यसयता आयात मात्र नभई समग्र आर्थिक कारोबारमै मन्दी आउँदा यो भन्सारले कुनै पनि महिनामा मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको थिएन। भारतीय रेलवे सञ्जालसँग जोडिएको ड्राइपोर्टमा कोलकाता, हल्दिया र विशाखापटनम् बन्दरगाहबाट सोझै मालवाहक रेल आइपुग्छ।