एसपी मल्ललाई १२ घन्टे पुर्जी

0
Shares

काठमाडौं, (नेस)।

चितवनमा कार्यरत रहेदेखि नै बिवादमा तानिदै आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टा भित्र जिल्ला छोड्न ३ नम्वर प्रदेश प्रहरी कार्यालयले आदेश दिएको छ।

नेकपाका बरिष्ठ नेताहरूको सोर्सफोर्स लगाउदै आतंक मच्चाउदै आएका मल्ललाई १२ घण्टाभित्र सरुवा भएको स्थानमा जान ३ नम्वर प्रदेश कार्यालयका एसपी अरुण पौडेलले जारी गरेको पत्रमा उल्लेख गरिएको छ।

नेकपाका नेतालाई नै बदनाम गराउने गरी एसपी मल्लले अबैध गतिबिधि संचालन गरेपछि प्रधान कार्यालयले उनको सरुवा गरेको थियो। प्रधान कार्यालयले खटाएको ठाउंमा नजाने भन्दै अटेर गरेर नेताको घरघरमा धाउन थालेपछि प्रहरीले मल्ललाई १२ घन्टे रमानापत्र थमाएको छ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सरुवा भएका मल्ल नभएपछि चितवन सरुवा भएकी एसपी गंगा मल्लले अहिले सम्म हाजिर हुन पाएकी छैनन। उनले अटेर गरे रेकर्डमा जनिने गरी कारवाही गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ।