बेरुजु फस्र्योटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सर्बोत्कृष्ट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

गृह मन्त्रालय र अन्तर्गतका निकाय मध्ये बेरुजु फस्र्योट मापनको वर्गीकरणमा आर्थिक बर्ष २०७४/०७५सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फस्र्योट गराई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेको छ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कारसहित प्रंशासापत्र प्रदान गर्नुभयो।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको आर्थिक बर्ष २०७४/०७५ सम्मको बाँकी बेरुजु रकम मध्ये ८८.५० प्रतिशत फर्छ्यौट गरी बेरुजु फस्र्योट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार मन्त्रीस्तरको निर्णय अनुसार बेरुजु फस्र्योटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो।

आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौ ट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ।

बेरुजु फस्र्योट मापनको वर्गीकरणमा गत आर्थिक बर्षमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो।
यसैबीच बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई गृहमन्त्रालयले पुरस्कृत गरेको छ।

गृहमन्त्री रामबहादुर थापाले बिहीबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नगद १० हजार रुपैयाँ तथा प्रशंसापत्रसहित सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई पुरस्कृत गर्नुभयो। सशस्त्र प्रहरी बलले ८६.९६ प्रतिशत बेरुजु फछ्र्योट गरी सर्वोत्कृष्ट ठहरीएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय र अन्तर्गतका निकायहरूको आ.व. २०७४/०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८६.९६ प्रतिशत फछ्र्योट गरी सो अवधिको लेखा परिक्षण भएको कुल अंकको शून्य दशमलव ००७० प्रतिशतमा मात्र बेरुजु सिमित गर्न सफल भएकोमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पुरस्कृत गरिएको हो।

‘बेरुजु फछ्र्योटको प्रगतिमा सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल हुनुभएकोले बेरुजु फछ्र्योट कार्यमा पुर्याउनु भएको योगदाको उच्च मुल्यांकन गर्दै’ सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई पुरस्कृत गरिएको कुरा उहाँलाई दिईएको प्रशंसापत्रमा उल्लेख गरिएको छ।