इन्जाको नयाँ कार्य समिति घोषणा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)ले आगामी दुइ वर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीको चयन गरेको छ।

वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरूमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल(अन्तराष्ट्रिय समन्वय) हुनुहुन्छ।

उपाध्यक्षमा वरिष्ठ पत्रकारहरू टंक पन्त (एशिया), ददी सापकोटा (युरोप) र मनऋषि धिताल (अष्ट्रेलिया) हुनुहुन्छ।इन्जाग्लोवलको संरक्षकमा राम खरेल र योगेश उपाध्यायरहनुभएको छ भने सल्लाहकारमा नेपालकालागि अमेरिकाकापूर्व राजदुतस्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल, वरिष्ठ पत्रकार तीर्थ कोइराला, गंगा लामिटारे (अधिकारी) हुनुहुन्छ।

इन्जा ग्लोवल कमिटीको निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीतिनिर्माण तथा प्रशिक्षण), र विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन हुनुभएको छ। कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल हुनुहुन्छ। कोषाध्यक्ष भुजेलले फ्रेन्डस अफइन्जा(अमेरिका)को इन्चार्जको समेत भूमिका निर्वाह गर्नुहुनेछ।

इन्जाका सदस्यहरूमाअमेरिकावाट विष्णु शर्मा, भूपेन थापा, भोला सिवाकोटी, ज्योति श्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सिर्जन ताम्राकार, राम लामा अभिनासी, सिर्जना उप्रेती, अंकुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाइ, डोव ढकाल, खेम भट्टचन, र पूर्णसिंह वराइली, क्यानाडावाट डा. किश्मत भण्डारी र वद्री तिमिल्सिना, चीनवाट धु्रव पौडेल, नेपालवाट कृष्ण ढुंगाना, रीता सापकोटा, र विनेश खनाल, भारतवाट भरत पौडेल, स्पेनवाट दीपेन्द्र गजुरेल र मध्यपूर्ववाट सुवास शर्मा र टेकवहादुर थापा चयन हुनुभएको छ।

वरिष्ठ पत्रकारददी सापकोटा (फ्रान्स)को अध्यक्षतामा इन्जा युरोपको चयन भएको छ। वरिष्ठ पत्रकारहरू भगीरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा(स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपकधिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्षनिलम घिमिरे (वेल्जियम) रहनुभएको छ।

इन्जा युरोपको सदस्यमाश्रीभक्तखनाल (वेलायत), विजयशर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), रविचन्द्र भट्टराइ (अष्टिया) र जयराम तामाड (वेलायत) हुनुहुन्छ।

वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा रहेको इन्जाएशियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने हुनुहुन्छ भनेउपाध्यक्षहरूमादीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान), र मञ्जु गुरुड (कोरिया) हुनुहुन्छ।

महासचिवमादीपेन्द्रदोड तामाड, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमाविशाल गैरे चयन हुनुभएको छ। इन्जा एशियाको सदस्यमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय र अनिल आचार्य हुनुहुन्छ।