हेटौंडालाई नै राजधानी राख्न अध्यक्षद्वयको ‘निर्देशन’

0
Shares

हेटौंडा, (नेस)।

नेकपाले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेपछि आफ्नै दलका नेता र सांसदबाट विरोध भइरहेको बेला पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेललेले हेटौंडालाई नै राजधानी बनाउन ‘निर्देशन’ दिनुभएको छ।

उहाँहरूले राष्ट्रिय राजनीतिको समेत विश्लेषण गरेर हेटौंडा राजधानी राख्ने निर्णय गरिएको दावी गर्दै ‘त्यसैअनुसार भूमिका निर्वाह गर्न’ निर्देश गर्नुभएको छ।

बालुवाटारमा अध्यक्षद्वयको ‘निर्देशन’ भन्दै प्रदेशका एक नेताले भने–‘हेटौंडामा संरचना बनिसकेका छन्। अन्य ठाउँमा नयाँ संरचना बनाउनुपर्ने हुन्छ। त्यो झन्झट नव्यहोरौं, निर्णय परिवर्तन नगरौं।’

प्रदेश सांसदहरूद्वारा गरिएको विरोध मत्थर पार्न नेकपाका नेताहरूले प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्षलगायत नेतालाई बालुवाटार बोलाएर प्रदेशको राजधानी हेटांैडामा नै राख्न कडा ‘निर्देशन’ दिनुभएको हो।

प्रदेशको नाम र राजधानी हेटौंडा तोक्ने सत्तारुढ नेकपाको निर्णयप्रति सोही पार्टीका सांसदले नै विरोध जनाएपछि केन्द्रीय नेताहरूको यस्तो ‘निर्देशन’ आएको हो। नेपालको संविधानको धारा २८८ ९२० ले प्रदेशको राजधानीका सम्बन्धमा प्रदेशसभाको दुई तिहाइले जहिलेसुकै निर्णय गर्नसक्ने स्पष्ट पारेको छ।

प्रदेशसभामा कुल १ सय १० सांसदमध्ये नेकपाको ८०, कांग्रेसको २२ र अन्य दलको ८ मत छ। संसद्मा भोटिङ नै भए पनि यही निर्देशनानुसार हेटौंडा नै स्थायी राजधानी बन्ने प्रायः निश्चित छ। किनकि प्रदेश स्थायी राजधानीका लागि ७४ मत भए पुग्छ।