गैंडाको आत्मा सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)।

नेपाल अघि बढाएको जिवजन्तु संरक्षणको विगत र वर्तमान अवस्था प्रष्ट्याउने पुस्तक ‘गैंडाको आत्मा’ सार्वजनिक भएको छ। डा.हेमन्तराज मिश्रद्दारा लिखित पुस्तक पूर्व राष्ट्रपति डा. रामवरण यादव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले लोकार्पण गर्नुभयो।

पुस्तकमा चितवन राष्ट्रिय निकुञ्जको स्थापनाको गृहकार्य र त्यसले ल्याएका सकारात्मक परिणामसँगै जिवजन्तुको अवैध चोरी शिकारीबारेको प्रसङ्ग, राणा र तत्कालिन राजपरिवारको वन्यजन्तु शिकारको सोख जस्ता सन्दर्भलाई रोचक ढंगमा प्रस्तुत गरिएको छ।