नक्कली प्रमाणपत्र बनाइ जागीर खाने शिक्षिका पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा शिक्षिका पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनडाँडा भद्रकाली प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका ज्ञानु रायमाझी रहेको प्रहरीले जनाएको छ ।

प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली सिन्धुलीमा कार्यरत शिक्षक रायमाझीले कक्षा ५ मात्र पास गरेको र शिक्षा सेवा आयोगको परीक्षामा पहिलो नं.मा पास गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा नक्‍कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खाएको पाइएकाले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।