जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रभु बैंकको काउन्टर


प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय सुनसरीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले उद्घाट्न गर्नुभएको हो।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ।