कार वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा जलेर नष्ट


धादिङ ।

गजुरी गाउँपालिका-२ मलेखुस्थित भद्रकाली मोटरसाइकल वर्कशपमा बा.६ च २१५५ नम्बरको होण्डाई कम्पनीको कार वेल्डिङ गर्ने क्रममा बुधबार बिहान आगलागी हुँदा कार पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

कार मर्मतपछि वेल्डिङ गर्ने क्रममा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

वर्कशपको १ जना मिस्त्रीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।