लुम्बिनी विकास बैंकले ल्यायो ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’


लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ।

सबै तहका ग्राहकलाई लक्षित गरी ल्याईएको यस खाताले ग्राहकलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्ने छ।

उपरोक्त उल्लेखित मुद्दती निक्षेप बचत खातामा ग्राहकले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि १० लाख रुपियाँसम्मको बीमा सुबिधा तथा १ लाख रुपियाँसम्मको औषधी उपचार बीमा सुबिधा समेत प्राप्त गर्न सकिनेछ।

यस खाताअन्तर्गत ग्राहकहरूलेनिःशुल्कएबिबिएस सुबिधा,खाता विवरण, चेक बुक, मोबाईल बंैकिङ, भीसा कार्ड तथा लकर सुबिधामा ५० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।