विपद जोखिम न्यूनीकरण सचेतना कार्यक्रम

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।

ललितपुर महानगरपालिका–१० स्थित पाटन संयुक्त क्याम्पसमा विपद जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमसम्पन्न भएको छ। प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखाबाट खटिएको प्रहरीले महानगरीय प्रहरी प्रभाग पुलचोक ललितपुरको समन्वयमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राई, पाटन संयुक्त क्याम्पसका प्रमुख योगेन्द्रप्रसाद शाह, प्रगतिशिल शिक्षा स्कूलका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरे, स्थानीय जनप्रतिनिधि, उक्त क्याम्पस तथा स्कूलका कर्मचारी, शिक्षक लगायत अन्य स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थलगत अभ्यासद्वारा अग्निशामक यन्त्रको प्रयोग, विभिन्न विधिबाट ज्वलनशील तरल पदार्थमा हुने आगलागी, शरीरमा हुने आगलागी, एलपिजी ग्यासबाट हुने आगलागी नियन्त्रण, बिद्युत सर्टबाट हुने आगलागी नियन्त्रण सम्बन्धी  र घाइतेहरूलाई ओसार पसार गर्ने तरिका समेत प्रदर्शन गरिएको थियो।

संगठनको प्राथमिकतामा रहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विपद जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम अन्तर्गत उक्त सचेतनामूलक कार्यक्रम गरिएको विपद व्यवस्थापन महाशाखाले जनाएको हो।