जन्मदिनमा आश्रमका बालबालिकालाई भोजन

0
Shares

नेपाल समाचारपत्र, काठमाडांै।

पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ।

विभिन्न आश्रम, विद्यालय तथा सडकमा जीवन काटिरहेकालाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो सहयोग गर्न थालिएको हो।

मैले १० वर्षदेखि जन्मदिनमा केक काटेर साथीभाइसँग रमाइलो गर्दै आएको थिएँ, उहाँले भन्नुभयो– ‘यो वर्ष कुनै अनावश्यक खर्च नगरी सबै बालबालिकाको पालनपोषण र शिक्षामा खर्च गरेँ।’

जन्मदिनको दिन गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, आश्रममा पुगी खाना खुवाउने तथा लत्ताकपडा वितरण गर्ने प्रचलन बढेर गएको छ।

विभिन्न अवसर पारी दाताहरूले सहयोग गर्न थालेपछि आश्रम सञ्चालकले सहज महशुस गर्न थालेका छन्। पत्रकार दीपक भुसालले जन्मदिन पारेर काठमाडौंको कागेश्वरी मनोहरा–७ मा फ्युचर होप नेपालले सञ्चालन गरेको बालआश्रममा पुगी बालबालिकालाई खाना खुवाउनुभएको छ।

आश्रममा २३ जना बालबालिकाले आश्रय लिइरहेका छन्। सबैले होप एजुकेसनल एकेडेमीमा पढ्छन्। एकेडेमीले पचास प्रतिशत छुटमा बालबालिका पढाइरहेको छ।

आश्रमले विद्यालयलाई बुझाउने एक महिनाको शुल्कको पचास प्रतिशत रकमसमेत व्यहोर्ने भुसालले बताउनुभयो। मैले १० वर्षदेखि जन्मदिनमा केक काटेर साथीभाइसँग रमाइलो गर्दै आएको थिएँ, उहाँले भन्नुभयो– ‘यो वर्ष कुनै अनावश्यक खर्च नगरी सबै बालबालिकाको पालनपोषण र शिक्षामा खर्च गरेँ।’

उहाँले प्रत्येक वर्ष समाजिक क्षेत्रमा लगानी गरेर जन्मदिन मनाउने बताउनुभयो। ‘सबैले फजुल खर्च कटौती गरी दुःखी पीडितलाई सहयोग गर्ने हो भने कोही पनि अभावमा बाँच्नुपर्दैन।’ –उहाँले भन्नुभयो।

फ्युचर होप नेपालका अध्यक्ष रीता सिवाकोटीले बुबाआमाले गरेको समाजसेवाबाट प्रभावित भएर आश्रम सञ्चालन गरेको बताउनुभयो। बुबाआमा धार्मिक हुनुहुन्थ्यो, उहाँले भन्नुभयो– ‘बुबाआमाले दुःखी गरिबलाई गरेको सहयोगबाट प्रभावित भएर म पनि समाजिक काममा लागेँ।

आफ्ना लागि, आफ्ना बालबच्चाका लागि र आफ्नो परिवारका लागि गर्नु कुनै ठूलो विषय होइन, उहाँले थप्नुभयो, जसले अरूका लागि गर्छ, ऊ नै महान् हो।

उहाँले बालबालिकाका लागि चाहिने शैक्षिक सामग्री र खाद्यान्नको अभाव नरहे पनि रकम अभावका कारण विद्यालयमा शुल्क बुझाउन मुश्किल परिरहेको बताउनुभयो।