सञ्चारका माध्यमले सकारात्मक विषयलाई बढी जोड दिनुपर्नेः सञ्चारमन्त्री बाँस्कोटा


कञ्चनपुर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास र समृद्धिका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
मंगलबार कञ्चनपुरको भीमदत्तनगरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको तेह्रौं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुहुँदै उहाँले सञ्चारका माध्यमले सकारात्मक विषयलाई बढी जोड दिई समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले सञ्चारका माध्यम देशको पहरेदार भएकाले सधैंँ देश र जनताको हित हुनेगरी समाचार सम्प्रेशण गर्नुपर्ने बताउनुभयो । रासस