छाउपढी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारवाहीः महान्यायाधिवक्ता खरेल 


यमलाल भुसाल, बुटवल ।

महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले  मानव कलंकका रुपमा रहेको छाउपढी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारवाही गरिने बताउनु भयो ।

मुलुकका केही जिल्लामा अझै पनि  छाउपढीका घटना रहेका छन भन्दै कानुनले अपराध मानेको विषलाई कडाईका साथ व्यवहारमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई महान्यायाधिवक्ता खेरले निर्देशन दिनु भयो ।

उच्च सरकारी वकिल कार्यालय बुटवलको कार्यालय भवनको मंगलवार शिलान्यास गदै महान्यायाधिवक्ता खरेलले महिलाहरुलाई सवै भन्दा सुरक्षित स्थानमा राख्ने समयमा गाई भैसी गोठमा सुताउने विषय लज्जाश्पद भएकाले यसलाई अपराध मानिएको र कानुनमा समेत व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले छाउपढी जानु पनि अपराध हो पठाउनु नि अपराध भएकाले जाने र पठाउने दुवैलाई कडा कारवाही गर्ने गरि कानुन निर्माण भएको बताउनु भयो । उहाँले सरकारी कर्मचारी भए त्यसलाई थप बढी कारवाही गरिने समेत  बताउनु भयो । छाउपढी अन्धविश्वास  र कुरुती हो भन्दै उहाँले कानुनले त्यसलाई छुट दिएको छैन कडाईका साथ पालना गर्न  निर्देशन दिएको छु भन्दै यसलाई चेतावनीका रुपमा लिन पनि आह्वान गर्नु भयो । उहाँले मुल कानुनमा बाझिने गरि संंघ, प्रदेश र स्थानिय तहले कानुन वनाउन नमिल्ने समेत बताउनु भयो ।

संम्बिधानले ल्याएको परिवर्तनको अनुभुति १०, १५ वर्ष पछि मात्र एैनामा झै स्पष्ट देखिने भन्दै उहाँले रगत वगाएर ल्याएको संम्बिधानलाई कार्यान्वयन गर्न सवै एक भएर लागनु पर्नेमा जोड दिनु भयो । संम्बिधानमा  कमजोरी रहेका छन भने संशोधन गर्न पनि सकिने धारणा राख्नु भयो । कानुन कार्यान्वयन गर्ने निकायलाई लक्षित गदै उहाँले सानालाई ऐन ठुलालाई चयन भन्ने भनाईलाई समाप्तपारि सवैलाई चैन हुने गरि काम गर्न  आह्वान गर्नु भयो ।

उच्च सरकारी वकिल कार्यालय बुटवलको कार्यालय भवन  ७ तलाको हुने र ५ करोड ५९ लाखमा निर्माणका लागि रोयल कन्सटक्सन धनगढीले ठेका पाएको छ । दुईवर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता  भएको उच्च सरकारी वकिल कार्यालय बुटवलका निमित कार्यालय प्रमुख मोहन सागर वस्यालले बताउनु भयो । नायव न्यायाधिवक्त पदम प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ईजिनियर धु्व पौडेल, उच्च अदालत वारका अध्यक्ष जोग बहादुर खत्री विष्णुहरि मरासिनी लगायतले वोल्नु भएको थियो ।