घुस लिएको आरोपमा दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ


न्युज अफ नेपाल, दोलखा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।

आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरुसँग घुस लिएको आरोपमा निलम्बनमा परेका रिजाललाई पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

एक महिनाअघि दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले  ९० हजार र ३५ हजारका दरले दुवै अभियुक्तका परिवारबाट १ लाख २५ हजार रुपैयाँ घुस लिएका थिए । सार्वजनिक सुरक्षाविरुद्धको एक मुद्दाका अभियुक्तहरुलाई थुनछेक बहसका क्रममा धरौटीमा रिहा गर्दा उनले घुस लिएका थिए ।

आयोगले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।