भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुन आउनेहरुले पार्किङ थाहा पाउनुहोस


न्युज अफ नेपाल, काठमाडौं ।

दशरथ रंगशालामा हुने भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुने विभिन्न क्षेत्रका व्यक्तित्वहरूका लागि फरकफरक स्थानमा पार्किङको व्यवस्था गरेको छ।

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुने भिआइपीहरुका लागि दशरथ रंगशालाको पछाडिपट्टि पार्किङको व्यवस्था गरिएको छ भने पूर्व प्रधानमन्त्री झन्डावाल सवारी साधन प्रयोग गर्नेहरू र कुटनीतिक नियोगका प्रमुखहरुका लागि रंगाशालाको मूल गेटभन्दा दायाँ तर्फको भागमा पार्किङ गराउने व्यवस्था गरिएको छ।
यसैगरी सञ्चारकर्मी तथा अन्य आमन्त्रित पाहुनाहरुका लागि काठमाडौं महानगरपालिका अगाडि आर्मी अफिसर्स क्लबको गेटतर्फ पार्किङको व्यवस्था छ। राष्ट्रिय खेलकुद परिषद्को पछाडि भने विशिष्ट व्यक्तिहरू तथा नेपाल सरकारका सचिवहरुले मात्र पार्किङ गर्न पाउँछन्। आमन्त्रित पाहुना र कर्मचारीहरुले भने टुँडिखेलमा पार्किङ गर्नुपर्नेछ।

सुरक्षा निकायक प्रमुखहरूका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल परिसरमा पार्किङको व्यवस्था छ। आफैं सवारी हाँकेर आउने पाहुनाहरूका लागि वर्ल्ड ट्रेड सेन्टरमा पार्किङको व्यवस्था छ। ‍
भ्रमण वर्ष २०२० को उद्घाटन बुधबार दिउँसो ४ बजे औपचारिक रूपमा हुँदैछ ।