अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं ।
भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने सर्लाही लालबन्दी नगरपालिका–१ घर भएका २६ वर्षीय धर्मेन्द्र कुमार कुशवाहालाइ नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार २५ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुशवाहाको कोठामा लागूऔषध लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले कोठामा तलासी गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दियाकाे मधुवन नगरपलिका–६ गुराँस टोल बस्ने ३४ वर्षीय सन्तोष कुमार बैगारलाई अवैध लागूऔषध ब्राउनसुगर १ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ४ ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।