ठगी मुद्दाका कसुरदार पक्राउ


काठमाडौं ।
उच्च अदालत पाटनको २०७५ असार १२ गतेको फैसलाले ठगी मुद्दामा ६५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कसुरदार काठमाडौं महानगरपालिका–२७ बस्ने ४१ वर्षीय देव नारायण महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सजाय वेरुजु रही लुकीछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं असनबाट उनलाई पक्राउ गरेको हो । २०७३ असार १४ गते महर्जनले पीडितहरुलाई अन्यत्रको जग्गा देखाई बेचेको र भोगचलन गर्न जाँदा उक्त जग्गा अर्को व्यक्तिको नाम भएको अनुसन्धानबाट खुल्न आएको थियो ।
महर्जनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले आवश्यक कारवहीको लागि नख्खु कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।