भाडामा बस्नुभएको छः प्रहरीमा विवरण बुझाउनुहोस नत्र फन्दामा पर्नुहोला


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकालगायत देशका मुख्य–मुख्य सहरी क्षेत्रमा घरभाडामा लिएर बस्ने व्यक्तिहरूको विवरण प्रहरी कार्यालयमा बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

व्यक्ति र संस्था र कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण तथा जानकारी नजिकको प्रहरी इकाइमा अनिवार्य उपलब्ध गराउन र स्थानीय प्रहरी इकाइले पनि अनिवार्य रुपमा घरभाडामा बस्ने र छाड्नेहरुको विवरण नियमित एवं अद्यावधिक राख्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

अपराधजन्य क्रियाकलाप जस्तै, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधि गर्ने घटनाहरू हुने गरेकाले भाडामा बस्ने व्यक्तिको विवरण आद्यवधिक गर्न लागेको गृह मन्त्रालयले जनाएको हो ।

काठमाडौं उपत्यकालगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था तथा कार्यालयले घरभाडामा दिंँदा र लिँदा घरमा बस्ने व्यक्तिहरुको विवरण बुझाउनु पर्ने भएको छ।