दुई किलो सुनसहित एक पक्राउ


न्युज अफ नेपाल, धनगढी ।

धनगढीबाट दुई किलो चार सय ग्राम सुनसहित प्रहरीले एक जना पक्राउ परेका छन् ।

धनगढी बसपार्कबाट उक्त परिमाणको सुनसहित समातिएको व्यक्तिको नाम सार्वजनिक गरीएको छैन।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार घटनामा थप व्यक्ति पनि रहेको खुल्न आएकाले तत्काल सूचना गोप्य राखी अनुसन्धान भइरहेको छ।

भारतबाट ल्याइएको हुनसक्ने आशङ्‍का गरिएको छ।