पुस २७ मा सार्वजनिक बिदा दिन माग

0
Shares

काठमाडांै, (नेस)।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ लाई सार्वजनिक बिदा दिन नेपाल नीति अध्ययन केन्द्रले माग गरेको छ।

नेपाल एकीरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका शाहको जन्मदिनमा बिदा नदिँदा राष्ट्रिय अखण्डता र एकतामा समेत नकारात्मक असर परेको केन्द्रले जनाएको छ।

राष्ट्र निर्माताको सम्झना र आदर गर्नु सबै नेपालीको कर्तव्य भएकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदा दिन माग गरेको केन्द्रले जनाएको छ।