साहित्यकार कँडेल सम्मानित

0
Shares

काठमाडौं, (नेस)।

वल्र्डवाइड मिडिया नेटवर्कले आयोजना गरेको ग्लोवल इन्टरनेसनल अवार्डको थाइल्यान्डमा सम्पन्न भएको छ।
सो कार्यक्रममा थाइल्यान्डका यनोथाइ थोङ्थानम्को साथमा आयल निगमका पूर्वनिर्देशक तथा वरिष्ठ गायक सीताराम पोखरेलको प्रमुख आतिथ्यतासँगै डा. डीआर उपाध्याय तथा लबबहादुर कार्कीले उक्त कार्यक्रमको विशेष भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा सहयात्री दर्पण नेपालका अध्यक्ष तथा साहित्यकार गोविन्दप्रसाद कँडेललाई द बेस्ट नोवल इडिटर अफ द इयर २०१९ बाट सम्मानित गरिएको छ।

साथै गायक पोखरेललाई गोल्डेन भ्वाइस अफ यर्सथ अवार्डद्वारा सम्मानित गरिएको छ। विशेष गरी साहित्यकार कँडेलले नेपाली साहित्य समाजमा धेरैभन्दा धेरै उपन्यास सम्पादन गरेको आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ।

साहित्यकार कँडेलले धेरै गीतसमेत लेख्नुभएको छ। गत वर्ष मात्र उहाँ इस्टार इन्टरनेसनल अवार्डबाट समेत सम्मानित हुनुभएको थियो।