त्रिवेणी कप शुरू

0
Shares

शिक्षा पन्त, लमजुङ ।

विगत २८ वर्षदेखि लमजुङको बेंसीशहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरू भएको छ। प्रतियोगितामा देशभरका २० क्लबले भाग लिएका छन्।

प्रतियोगितामा पहिलो हुनेलाई नगद ३ लाख पुरस्कार प्रदान गरिनेछ। यस्तै, दोस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउनेछन्।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५–१५ हजार प्रदान गरिनेछ। अनुशासित टिमलाई नगद १० हजार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।

जिल्लामा फुटबल खेलको विकास, प्रवद्र्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष सिजन श्रेष्ठले बताउनुभयो।

प्रतियोगिताको पहिलो दिन आयोजक त्रिवेणी युवा क्लब र नेपाली सेना श्रीजङ गणबीच मैत्रीपूर्ण खेल भएको थियो। सो खेलमा श्रीजङ गण २–१ ले विजयी भएको थियो।