महानगरका कर्मचारी घुससहित पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो । राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले जानकारी दिनुभयो ।