साहित्यकार कडेल थाइल्याण्डमा सम्मानित


न्युज अफ नेपाल, काठमाडौँ । वल्र्डवाइड मिडिया नेटवर्कले आयोजना गरेको ग्लोल्बल इन्टरनेशनल अवार्डको कार्यक्रम २०१९ थाइल्याण्डमा सम्पन्न भएको छ ।
बिशेष अतिथि थाइल्याण्डका यनोथाइ थोङ्थानम्को साथमा आयल निगमका पुर्व निर्देशक तथा बरिष्ठ गायक सीताराम पोखरेलको प्रमुख आतिथ्यतासँगै डा.डिआर उपाध्याय तथा लब बहादुर कार्कीले उक्त कार्यक्रमको विशेष भुमिका निर्वाह गर्नु भयको थियो ।
उक्त कार्यक्रममा सहयात्री दर्पण नेपालका अध्यक्ष तथा साहित्यकार गोबिन्द प्रसाद कडेललाई द बेस्ट नोवल इडिटर अफ द यर २०१९ बाट सम्मानित गरिएको छ । साथै गायक सीताराम पोखरेललाई गोल्डेन भ्वाइस अफ यर्सथ अवार्डद्वारा सम्मानित गरिएको छ । बिशेष गरी साहित्यकार कडेलले नेपाली साहित्य समाजमा धेरै भन्दा धेरै उपन्यास सम्पादन गरेको आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ ।
साहित्यकार कडेलले धेरै गीतहरू समेत लेख्नु भएको छ । गत बर्ष मात्र उहाँले इस्टार इन्टरनेशनल अवार्ड समेत पाउन सफल भई सक्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरेलले साहित्यकार कडेललाई आफ्नो काम प्रति अझै धेरै सफलता मिलोस् भनि शुभकामना पनि दिन चाहन्छौं भन्नुभयो ।