भुकम्पले क्षति पुर्याएको तीन खानेपानीको पुननिर्माण सम्पन्न


सरस्वती न्यौपाने, रसुवा

जिल्लाको नौकुण्ड गाउँपालिका भित्रको वडा नम्बर ३ र ४ मा रहेको ३ वटा खानेपानीको योजना पुननिर्माण सम्पन्न भएको छ ।

भुकम्पले क्षति पुर्याएकोमध्ये अतिग्रस्त रहेको ३ र ४ वडाको ३ वटा आयोजना खानेपानी सरसफाई तथा स्वच्छता पुर्वाधार पुननिर्माण (तेश्रो चरण) पुर्णिमा कार्यक्रम भुकम्प पश्चातको पुननिर्माणको लागी बेलायत सरकार र मटम्याक डोनाल्डको आर्थिक सहयोगमा केएर डिसिए सेभद चिल्ड्रेनको सहयोगमा मानेकोर सोसाइटीले आयोजनाको पुननिर्माण गरेको हो ।

६५ लाख ९८ हजार ३ सय ३९ रुपैयाको लागतमा आयोजनाको पुननिर्माण भएपछि त्यहाँका स्थानीयबासी खानेपानीको समस्याबाट मुक्त भएका छन् । उक्त दई वडामा एक सय २३ घरमा धारा निर्माण गरि एक घर धारा निर्माण गरेपछि आधा घण्टासम्म हिडेर पानी ल्याउन्पर्ने बाध्यता थियो अहिले हटेको छ ।

उक्त गा.पा को देउराली डाँडा ,दनुस्वारा र गाई खर्क तीन वटा आयोजना निर्माण गरिएको पक्युङ देउराली डाँडा खानेपानी उपभोक्ता समिति अध्यक्ष मान वहादुर ग्याबाले बताए ।