नेपाली सेना कालिजंग गणको विभिन्न समयमा भएका झलक प्रस्तुत


सरस्वती न्यौपाने, रसुवा ।

लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना कालिजंग गणले आफ्नो गणबाट विभिन्न समयमा भएका विभिन्न झलकहरु सोमबार एक कार्यक्रमकावीच प्रस्तुत गरेको छ ।

जिल्लामा तैनाथ भएदेखी कालिजंग गणले लामटाङ राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट, सिन्धुपाल्चोक मा चोरी सिकारी नियन्त्रण गरि सामाजिक क्षेत्रमा बाटो, खानेपानी लगाएत राजमार्गहरु निर्माणका साथै हरेक दुःखमा साथ दिने गरको छ ।

रसुवामा वन, वन्यजन्तु र मानवलाई संरक्षण गर्दै नेपाली संस्कृति र परम्परा प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले आफुले गरेका फोटो भिडियो र साँस्कृतिक कार्यक्रम गरी वन्यजन्तु तस्करी हुने गर्छ भन्ने विषयमा नाटकसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, जिसस प्रमुख कुलप्रसाद भट्ट नेपाल प्रहरीका प्रमुख, शसस्त्र प्रहरी प्रमुख, अनुसन्धान अधिकृत वैंकका प्रमुख शिक्षक विद्यार्थीलगाएत प्रशासकिय अधिकृत थानेश्वर भुषाल लगाएतका पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।