डीआईजी डा. सिंह एआईजीमा बढुवा


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीका प्राविधिक डीआईजी डा. आशा सिंहलाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पदमा बढुवा सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई बढुवा सिफारिस गरेको हो । बढुवा समितिमा प्रहरी महानिरीक्षक सदस्य सचिव रहन्छन् ।

प्राविधिक प्रहरी समूह स्वास्थ्य उप–समूह अन्तर्गत रिक्त रहेको एआईजी पदमा डा. सिंहलाई बढुवा सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।