सवारी चालकलाई सवारीमै माला


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सुमोका चालकहरुलाई यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउन अनुरोध गर्दै टीका र माला लगाएर शुभकामना दिइएको छ ।

सोमबार विहान करिब ९ बजे हेटौंडा उपमहानगर–१, चौकीटोलस्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय कार्यालय प्रमुख उपरीक्षक सुशीलसिंह राठौरले बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीचालकलाई सवारीसम्बन्धि चेतना दिनुका साथै सडकमै सम्मान गरेका हुन् ।

करिब एक दशकदेखि सवारी नियम पालना गरी सवारी चलाउने राधाकृष्ण थापालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रहरी निरीक्षक हरिविष्णु ढकाल र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीको सहभागिता थियो ।