बुटवलमा दोस्रोे सडक खाना महोत्सव सुरु, नेपाली जातिगतदेखी विदेशी खानाका परिकार पाईने


यमलाल भुसाल, बुटवल ।
बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरिएको हो ।

सडक खाना महोत्सवमा जातिगत रुपमा थारु, मगर, थकाली, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईने भएकाले यसक्षेत्रको रौनक नै पृथक बनेको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।

अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ पुस १६ गतेसम्म संचालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका छन् ।

वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकको दायाबांया सडक खाना महोत्सव स्थल खानाका परिकारले सजिएको छ ।र्
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु, मगर, थकाली, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईने भएकाले यसक्षेत्रको रौनक नै पृथक बनेको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।

तिन दिनसम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनु भयो ।

मूल समारोहमा सुजाता खीर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गरिएको रहेको महासचिव माधवकुमार खनालले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक कार्यक्रम समेत रहनेछ । बुटवलको बैकल्पिक मानिएको योगीकुटी—पुरानोबसपार्क (कालिकापथ) सडक निर्माणको चरणमा भएपनि आयोजकले ब्यबस्थित बनाउने प्रयास गरेका छन् ।

 

सडक खाना महोत्सवको एक विशेष समारोहका बीच प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्दै नेपालमा खाना संस्कृतिको विकास जरुरी रहेको बताउनु भयो । उहाले बुटवलको खाना महोत्सववाट हप्तामा एक दिन सपरिवार घरवाहिर गएर खाना खाने परिपार्टीको विकास गर्न जरुरी रहेको छ भन्दै त्यो गर्न सकेमा मात्र पर्यटनको विकास हुने र पर्यटन क्षेत्रमा लगानी बढने धारणा राख्नु भयो ।

मुख्खमन्त्री पोखरेलले बुटवललाई पर्यटकीय हव वनाउने हो भने परम्परागत शैलीमा परिवर्तन गरि नयाँ स्वाद र पृथक आनन्दको अनुभुति बुटवल आउने पर्यटकले पाएको सन्देश दिन सक्नु पर्नेमा जोड दिनु भयो । पर्यटन क्षेत्रको विकास तथा यस व्यवसायमा लगानीको विस्तारका लागि पनि हप्तामा एक दिन पुरै घर परिवार घर वाहिर गएर खाने पद्धतिको विकास जरुरी रहेको औल्याउदै उहाँले होटल व्यवसायीले जिल्लामा खाना पार्कको स्थापन गर्न आग्रह समेत गर्नु भयो । खाना पार्कमा विभिन्न खानाका परिकार संगै साँस्कृतिक मनोरंजन सहितको व्यस्था मिलाउन पर्ने धारणा राखनु भयो ।

कार्यक्रममा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरिले पर्यटन क्षेत्रमा ढुक्कसंग लगानी गर्न व्यवसायीलाई आह्वान गर्नु भयो ।
उहाँले दिनभरी काम गर्ने र रातीको समयमा मनोरजन गर्ने गरि बुटवललाई २४ औ घण्टा उज्यालो शहरका रुपमा विकास गर्न प्रदेश सरकारले सोच अगाडी बढाएको जानकारी गराउनु भयो ।

संघका अध्यक्ष समुन्द् जिसीको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायीमहासंघका अध्यक्ष हिरा ध्वज शाह, प्रदेश ५का अध्यक्ष भास्कर काफले लगायतले खाना महोत्सवको सफलताको कामना गर्नु भएको थियो । यस अघि कार्यक्रम स्थलबाट विभिन्न जातजातीको सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो । सांस्कृतिक पहिचान झल्किने झाँकीमा क्षेत्री समाज नेपाल रुपन्देही प्रथम, तितेपाती महिला बचत तथा सहकारी संस्था द्धितीय, र अर्घाखाची नेवार समाज र थकाली सेवा समिति तृतिय भै पुरस्कृत भएका छन ।