राष्ट्रिय वाणिज्य बैंकद्धारा अस्पताललाई दिइयो ५ वटा हिटर


विष्णु तिमिल्सिना, बर्दिया ।

जिल्ला अस्पतालका लागि राष्ट्रिय वाणिज्य बैंक गुलरिया शाखाद्धारा रु. १० हजार मूल्य बराबरको ५ थान हिटर हस्ताण्तरण गरिएको छ ।

शितलहर चलिरहँदा जाडोको कारण अस्पतालमा विरामीलाई असुविधा भएको महशुस गरि सामाजिक उत्तरदायित्वको भावनाले हिटर प्रदान गरिएको शाखाका प्रबन्धक हिम खनालले बताउनु भयो ।

बैंकलाई धन्यबाद दिनु हुँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अंगत श्रेष्ठले हिटरको प्रयोग आवश्यकता अनुसार गरिने र त्यसबाट बिरामीहरुको सेवामा सुविधा पुग्नुका साथै जाडोको समस्याबाट सुरक्षित हुन मद्धत पुगेको बताउनु भयो ।