अधिकारीको घरबाट ६ लाख रुपैयाँ चोरी


काठमाडौं ।
नागार्जुन नगरपालिका-१० स्वीचाटारस्थित ऋषि अधिकारीको घरबाट नगद ६ लाख रुपैयाँ सोमबार बिहान चोरी भएको छ ।
उक्त घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय वृत्त कालिमाटीमा खटिएको प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।