रौतहट ।
परोहा नगरपालिका–२ जिगडवा बेलबिछुवास्थित सडकमा ना३ ख १४२८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने महमद अलिकी ५ वर्षीया छोरी सिधरा खातुनको सोमबार बिहान मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको सुकदेवचोकस्थित शिवदर्शन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया