जिल्ला प्रहरी कार्यालय गोरखाको हाताभित्र निर्माण हुने भवनको शीलान्यास


गोरखा ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला प्रहरी कार्यालय गोरखाको हाताभित्र नवनिर्माण हुने प्रहरी ब्यारेक भवन, मेश, थुनुवा कक्ष साथै कार्यालय प्रमुख निवासको आइतबार आयोजित एक कार्यक्रमबीच शीलान्यास गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक घिमिरेले उचित न्यायको अपेक्षाका साथ प्रहरी कार्यालयमा आउने नागरिकसँग जस्तो सुकै अवस्थामा पनि नम्र व्यवहार गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रहरीका कार्यालय एवं ब्यारेक भवनहरुलाई समय सापेक्ष सुविधा सम्पन्न बनाउँदै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी एवं जनमुखी बनाउने उद्देश्यले उक्त भवनहरुको निर्माण कार्य शुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।