ताप्न बालेको आगो सल्किएर आगलागी हुँदा ७ लाखको धनमाल नष्ट


सप्तरी ।
सुरूङ्गा नगरपालिका–४ मधुपट्टी बस्ने फतुरी रामको घरमा आगो ताप्न बालेको घुरबाट आगो सल्किएर सोमबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा र अन्य सामानहरू जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।