मलेसियामा नेपाली कामदारको मासु पेल्ने मेसिनमा खसेर मृत्यु


क्‍वालालम्पुर ।

सोमबार मलेसियाको मलाक्का राज्यमा एक नेपाली कामदारको मासु पेल्ने मेसिनमा खसेर मृत्यु भएको छ।

एजेन्सीका अनुसार ४७ वर्षीय नेपाली कामदार मासु प्रशोधन उद्योग मस्जिद तनाहका कामदार थिए। मृतक नेपाली भएको खुले पनि नाम र नेपालको ठेगाना भने अझै खुल्न सकेको छैन।

तीन कामदार सहित मेसिन मर्मत गर्ने क्रममा अकस्मात मेसिन खुलेपछि उनी तानिएको बताइएको छ।कम्मर पेलिएको कारण उनको घटनास्थलमै मृत्यु भएको हो। एजेन्सीका अनुसार उनलाई मेसिनबाट निकाल्न करिब ३० मिनेट लागेको थियो।

मलेसिया रोजगारमा करिब ३ लाख ६० हजार नेपाली कामदार रहेका छन्। नेपाली कामदारहरू सुरक्षा गार्ड, निर्माण कार्य तथा अस्पताल लगायतमा कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ ।