न्युज अफ नेपाल, हेटौंडा ।
फैसला कार्यान्वयनको सिलसिलामा बारा जिल्ला अदालतको विभिन्न मितिको फैसला आदेशले विभिन्न मुद्धामा कैद तथा जरिवाना ठहर भएर फरार रहेकाहरुलाई प्रहरीले लुकीछिपी बसेको अबस्थामा फेला पारेर पक्राउपछि जरिवाना तिराएको छ ।
उनीहरुलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा उनीहरु आफूलाई लागेको जरिवाना रकम दाखिला गरी अदालतको आदेशले छुटेका छन् ।
बाराको सिम्रौनगढ–५ का जालसाजी मुद्धामा २०७० फागुन ३० गते ४ हजार ६ सय २० जरिवाना तोकिएका मनिफ मियालाई इप्रका सिम्रौनगढ, बाराको सिम्रौनगढ नपा–८ घर भएर डाँका मुद्धामा २०७१ मंसिर १६ गते २ हजार जरिवाना तोकिएका अनवत पण्डितलाई इप्रका सिम्रौनगढले, बाराको विश्रामपुर गापा–५ घर भएर डाँका मुद्धामा २०६५ असार २३ गते ३ हजार जरिवाना तोकिएका द्वारिका पण्डित, बृजलालप्रसाद यादब र अनहोति गिरीलाई इप्रका प्रसौनीले पक्राउ गरेको थियो ।
फेटा गापा–३ घर भएर सवारी अंगभंग मुद्धामा २०७३ मंसिर २ गते २ हजार जरिवाना तोकिएका शम्भु महतोनुनियालाई सीमा प्रहरीचौकीले, बाराको महागढीमाई नपा–१० घर भएका भोला साहकानुलाई बन मुद्धामा २०७० फागुन ५ गते ७ हजार ५६ रुपियाँ, लकडी चोरी मुद्धामा २०५२ बैशाख १३ गते १ सय ९८ रुपियाँ जरिवाना तोकिएका रुपलाल नुनिया, शंकर नुनिया, मखन महतो, सहिद मिया, रुपलाल साहतेली र पाशपत महतो जरिवाना तिरेर रिहा भएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।











प्रतिक्रिया