पारिवारिक वनमा पुनः गिरीको नेतृत्व

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

पारिवारिक निजी वन संघ नेपाल (एफोन)को दोस्रो महाधिवेशनले जोगराज गिरीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः ईन्दिरा घिमिरे, आरती पाठक, नविन पौडेल र राजेन्द्र भट्ट निर्वाचित हुनु भएको छ ।

गिरी यसअघि पनि संघको अध्यक्ष हुनुहुन्थ्यो । शनिवार अवेर काठमाडौंमा सम्पन्न अधिवेशन मार्फत प्रदेश १को उपाध्यक्षमा लक्ष्मण पाठक, प्रदेश २मा बुद्धिप्रसाद उप्रेती, प्रदेश ३मा शुशिला खतिवडा, गण्डकी प्रदेशमा मुक्तिनाथ तिम्सिना, प्रदेश ५मा मेघराज भुसाल, कर्णाली प्रदेशमा ऋषि अधिकारी र सुदुर पश्चिम प्रदेशको उपाध्यक्षमा छायाँदेवी देवकोटा चयन हुनु भएको छ ।

प्रदेश २ का उप्रेती निर्वाचन प्रतिस्पर्धाबाट उपाध्यक्ष चयन हुनु भएको हो भने अन्य ६ प्रदेशका उपाध्यक्ष सर्वसम्मत् रुपमा चुनिएका हुन् । बरिष्ठ उपाध्यक्ष घिमिरे र महासचिव पाठक पनि सर्वसम्मत् रुपमा निर्वाचित हुनु भएको हो । शुक्रवार शनिवारको दुई दिने अधिवेशनले आगामी चार वर्षका लागि नयाँ पदाधिकारी चयन गरेको हो ।

संघका सबै केन्द्रिय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा गोकुली कुमारी रेग्मी, भूमिका देवी आचार्य, सिता भुसाल, कर्णबहादुर रावल, कूलप्रसाद चाँपागाई, गोविन्द बहादुर शाही, प्रेमबहादुर जिसी, फौद बहादुर बस्नेत चयन भएका छन् । त्यसैगरी मानसिंह पोखरेल, संजिव ढकाल, ज्ञानबहादुर खड्का, दीलिप कुमार लामा, लक्ष्मण बहादुर कार्की, टीका प्रसाद देवकोटा, खुम प्रसाद सुवेदी, होमनाथ सापकोटा, अम्बिका थापा, जमुना पोखरेल पनि सदस्य चयन हुनु भएको छ ।

पार्वती नगरकोटी, सानुमाया, बस्नेत, कल्पना भण्डारी, कल्पना शर्मा र निर्मला पाण्डे पनि नयाँ कार्य समिति सदस्य चुनिनु भएको छ । आदिवासी/जनजाती कोटा तर्फबाट राजमति कुमारी चौधरी, रुमदेवी घर्ती, धनबहादुर राई र अमरबहादुर तामाङ सदस्य रहनु भएको छ । दलित कोटाबाट कमलबहादुर परियार र सुमित्रा बोसेल, मधेशीबाट रामकुमार महतो र पुनमदेवी साह र अपांगतातर्फबाट सर्वजित यादव सदस्य चुनिनु भएको छ । त्यसैगरी न्यायिक समितिमा राम मल्ल ठकुरी, उमाकान्त बराल, डीकबहादुर बम्जन, रामबहादुर शाही र बिन्दु श्रेष्ठ रहनु भएको छ ।

व्यक्तिको आधारभूत आवश्यकता परिपूर्ति गर्न आफ्नै खेतवारी र लालपुर्जा प्राप्त जग्गामा रोपिएका र हुर्किएको वनलाई पारिवारिक निजि वनका रुपमा व्याख्या गरिन्छ । मध्यम र निम्नवर्गिय वन किसानलाई संगठित गर्ने, कृषकका अधिकार र कानूनी पक्षमा सहजिकरण गर्ने उद्धेश्यका साथ २०७१ फागुनमा नेपालमा यस्तो संस्था दर्ता भएको थियो । यो अवधिमा सातवटै प्रदेशका विभिन्न ६० जिल्लामा संघको सञ्जाल विस्तार भइसकेको नवनिर्वाचित अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

विश्व बैंकले शून्य दशमलव ५ हेक्टर देखि १० हेक्टर क्षेत्रफल भित्र समेटिने रुख विरुवालाई पारिवारिक वनका रुपमा परिभाषित गरेको छ । १० हेक्टर भन्दा माथिको क्षेत्रफल ओट्ने क्षेत्रलाई निजी वनका रुपमा बुझ्ने गरिन्छ । नेपालको सन्दर्भमा तराईमा कुनै एक ठाउँमा ४० वटासम्म रुख भएको, जमिनको तीन चौथाई भाग जमिनले ढाकेको क्षेत्रलाई पारिवारिक वनका रुपमा बुझ्ने गरिएको गिरीले बताउनुभयो ।

त्यसैगरी पहाडी भेगमा ६० वटा रुख भएको जमिनको तीन चौथाई भाग ढाकेको अवस्थामा पारिवारिक वनका रुपमा परिभाषित गरिएको छ ।