एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवा अर्घाखँचीको देउरालीमा


काठमाडौं, (नेस)।

एनआईसी एसिया बैंकले ४५औं शाखारहित बैंकिङ सेवाका रूपमा अर्घाखाँची देउरालीमा सञ्चालन गरेको छ। बैंकले जिल्लाको छत्रदेव गाउँपालिका–७ देउरालीमा शुक्रबारबाट सेवा सञ्चालनमा ल्याएको हो।

सो सेवाको उद्घाटन छत्रदेव गाउँपालिका– ७ का वडा अध्यक्ष शोभाखर पाण्डेको उपस्थितिमा गरिएको थियो। बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा कृष्णप्रसाद पाण्डेलाई नियुक्त गरेको छ।