डिम्ब नचिस्याउने अदालतविरुद्ध मुद्दा

0
Shares

बेइजिङ, (एजेन्सी)।

चीनमा एक महिलाले आफू अविवाहित भएकै कारण डाक्टरहरूले आफ्नो डिम्ब चिस्याएर राख्न अस्वीकार गरेपछि अस्पतालविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी छन्। प्रजननका लागि आवश्यक मद्दत गरिनुपर्ने कुरा कानुनमै व्याख्या गरिएको छ।

अहिले आफ्नो करियर बनाउनमै व्यस्त टेरेसा सुले भविष्यमा आमा बन्ने योजना बनाएकी थिइन्।
त्यसैले गत वर्ष उनी आफ्ना डिम्ब चिस्याएर सुरक्षित राख्न बेइजिङ प्रसूति तथा यौन रोग अस्पताल पुगेकी थिइन्।

पेसाले स्वतन्त्र पत्रकार ती ३१ वर्षीया सुले आफूलाई अस्पतालका कर्मचारीले डिम्ब जोगाउनुको सट्टा बच्चा जन्माउन आग्रह गरेको बताएकी छन्।सोमबार बेइजिङस्थित एक अदालतमा सुको मुद्दामाथि सुनवाइ शुरू भएको छ।

यो मुद्दा महिनौंसम्म चल्ने अनुमान गरिएको छ। सुको समस्या चीनको सामाजिक सञ्जालमा भाइरल भएको छ।अधिकांश सञ्जाल प्रयोगकर्ताले उनको समर्थन गरेका छन्।

सन् २०१३ मा लोकप्रिय चिनियाँ अभिनेत्री सु जिंग्लेइले आफूले नौवटा डिम्ब चिस्याउन दिएको र ३९ वर्षको उमेरमा उपचारका लागि अमेरिकी पुगेको बताएकी थिइन्।