लागूऔषधसहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। प्रहरीले नरेफाँटबाट सोही ठाउँ बस्ने सप्तरी सुरगङ्गा नगरपालिका–२ का दीपक बस्नेतको साथबाट नाइट्राभेट २ सय ६५ ट्याबलेट बरामद गरेको छ।

यसैगरी महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका–१० कपनबाट २ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले सुकेधारा बस्ने दोलखाका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका–४ का विवेक श्रेष्ठको साथबाट लागुऔषध पोल्याण्ड ६ सय ९९ ग्राम बरामद गरेको छ।