श्रीमतीको हत्या गर्ने पक्राउ

0
Shares

काठमाडौं (नेस)।

आफ्नै श्रीमती उषा पनेरू नेपालको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उषालाई डोरीले घाँटी कसी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको हो।