विप्लव समूहका १५ विद्यार्थी पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

प्रतिबन्धित नेकपा (विप्लव) समूहका १५ कार्यकर्तालाई प्रहरीले रत्नराज्य क्याम्पस अगाडिबाट पक्राउ गरेको छ। उक्त पार्टीको युवा संगठनले खुलारूपमा सरकारको विरोध गरेपछि प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अधिकाँश आरआर क्याम्पसमा अध्यनरत विद्यार्थी रहेको बताइएको छ।ती विद्यार्थीले भारतले कालापानी, लिम्पियाधुरा, लिपुलेकको भू–भाग आफ्नो भएको दाबी गर्दै सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा प्रदर्शन गरेका थिए।

थप कारबाहीका लागि जिल्ला अदालत काठमाडौंबाट उनीहरूको म्याद थप्ने तयारी भइरहेको प्रहरी जनाएको छ।