चिनियाँ नागरिकलाई पुनः १० दिन म्याद थप


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंका बिभिन्न स्थानबाट नियन्त्रणमा लिईएका १ सय २२ जना चिनियाँ नागरिकलाई आइतबार पुनः १० दिनको म्याद थप गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंका बिभिन्न स्थानमा छापा मारी ८ जना महिलासहित १ सय २२ जना चिनियाँलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र ब्यबहारमा मुद्दामा कारबाही अघी बढाएको छ ।

सीआईबीले हालै चिलीमा सम्पन्न इन्टरपोलको बैठकमा एनसीबी बेइजिङले चिनियाँ नागरिकहरु नेपालमा बसेर साइबर क्राइम गरिरहेको सूचना दिएपछि उनीहरुलाई पक्राउ गरिएको बताएको छ ।
सोमबार राती पक्राउ गरिएका उनीहरुलाई गत मंगलबारसम्म पाँच दिनको म्याद थपिएको थियो ।