बैंकको एटिएम फुटाएर रकम चोरी गर्ने दुई जना रङ्गेहात पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंकाे चन्द्रागिरी नगरपालिकाबाट बैंकको एटिएम फुटाएर चोरी गर्न लागेको अवस्थामा २ जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा सोही नगरपालिका–५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका–६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे ।

उक्त एटिएम मेसिनभित्र राखेको नगद चोरी गर्ने उद्देश्यले एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएर क्षति पुर्यामईसकेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।