नेकपाले सभामुख नछान्दा संसद् प्रभावित

0
Shares

काठमाडौं, (नेस)।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार भएको छलफल पनि निरर्थक भयो।
अध्यक्षद्धयले आ–आफ्नै अडान राखेपछि सहमति जुट्न नसक्दा गत शुक्रबार बोलाइएको प्रतिनिधिसभाको बैठक यही पुस १६ गतेका लागि सारिएको छ।

नेकपाका केही महिला नेताले भने महिलालाई नै सभामुख बनाउन दबाब दिएका छन्। नेकपाका नेता अष्टलक्ष्मी शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो,‘ उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै योग्य हुनुहुन्छ, उहाँलाई सभामुखले गरेको गल्तीको भागीदार बनाउन हुँदैन।’

पूर्वसभामुख एवम् नेकपा नेता ओनसरी घर्तीले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘यसबारे पार्टीभित्र छलफल सुरु भएको छ, टुंगो लाग्छ।’प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि नेपाल समाचारत्रसँग भन्नुभयो,‘ अध्यक्षद्वयबीच छलफल भइरहेको छ, टुंगो लगाउन केही दिन लाग्न सक्छ।’